site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
प्रतीकारात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

जुम्ला । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् ।

जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रूपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ ।

Dabur nepal
Agni Group

गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ । देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छन्।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको संख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ । पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जंग रोकायाले जानकारी दिए ।

यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् । सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागु गरेको जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu