site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीलाई शंकाको लाभ दिँदै स्वर्णिम वाग्लेले भने– बजेट विश्वसनीय छैन 

काठमाडौं । अर्थमन्त्रीलाई शंकाको लाभ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले बजेट विश्वसनीय नभएको बताएका छन् । 

प्रतिनिधिसभामा बजेटमाथि बोल्दै वाग्लेले विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने, खर्च गर्न नसकेर मध्यावधिमा घटाउने र पुनः बजेट ल्याउने फेरि थप घटाउने प्रवृतिले निरन्तरता पाएको बताए । 

“गतवर्ष निकै ठूलो आकार १७ खर्ब ९४ अर्बको बजेट आयो, जुन जीडीपी आकारको ३४ प्रतिशत थियो,” वाग्लेले भने, “मध्यावधिमा १५ खर्ब ५० अर्ब खर्च हुने अनुमान गरियो, अहिले आएर १५ खर्ब पाँच अर्ब खर्च हुने अनुमान गरिएको छ ।” 

एउटै वर्षमा तीनदेखि चारपटकसम्म बजेटको अनुमान परिवर्तन हुने खर्च त्योभन्दा कम हुने अविश्वसनीय काम हुने गरेको टिप्पणी वाग्लेको छ । सरकारले बजेटमा लिए अनुसारको राजस्व संकलन गर्न नसक्ने र यसले ऋणको भारलाई मात्र बढाउने बताए । 

“अर्थमन्त्री आफै अर्थशास्त्रको विज्ञ हुनुहुन्छ, त्यसमा बजेट बनाउन तीनजना पीएचडी सल्लाहकार राख्नु भएको थियो,” वाग्लेले थपे, “बजेट भने वास्तविक आकारको आएको छैन, यसले समस्या निम्ताउने छ ।” 

सरकारले १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जसमा १२ खर्ब ४८ अर्ब संघीय सरकारले खर्च गर्न राजस्व पाउने अनुमान छ । चालु आर्थिक वर्षमा उठेको राजस्वको हिसाबले आगामी वर्ष १० खर्ब समेत राजस्व उठाउन मुस्किल परेको बेला राजस्वको लक्ष्य पूरा नहुने विश्लेषण वाग्लेले गरे । 

“केही करहरूले पुँजी पलायन समेत हुने कुरा बाहिर आएको छ, यसमा हामी सचेत हुनुपर्छ,” वाग्लेले भने, “सुधारको कार्यक्रम चलाउनको लागि अर्थमन्त्री चुकेको देखियो ।” 

वाग्लेले अब सुधारको कार्यक्रमलाई रोक्न नहुने र यो कार्यान्वयन गर्न ढिला भइसकेको बताए । सरकारले आगामी वर्ष ऋण लिएर ऋण तिर्ने गरेर पुँजीगत खर्च निकै कम हुने गरेको भन्दै वित्त नीतिमा समस्या देखिएको बताए । 

सरकारले गर्ने विकास खर्च र बैंकबाट निजी क्षेत्रले लिएको कर्जाले सोचे अनुसारको आर्थिक वृद्धिदर नभएको भन्दै वाग्ले यसमा सोच्नुपर्ने अवस्था आएको बताए । 

“हामीले गर्ने गरेको खर्चले आर्थिक वृद्धिदरलाई योगदान दिने काम गरेको छैन,” वाग्लेले भने, “खर्चले आर्थिक वृद्धिदर हुनुपर्नेमा नभएको हुँदा यसमा सोच्नुपर्ने अवस्था छ ।” 

उनले पछिल्लो दुई वर्ष वित्त नीति र मौद्रिक नीतिबीचको सम्बन्ध टुटेको देखिएको कारण अर्थतन्त्रमा समस्या आएको हुँदा अब त्यो टुट्न नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro