site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेलसँग स्विस राजदूत एलिजावेथको बिदाई भेट 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले बिदाई भेट गरेका छन् । 

राजदूत क्यापलरले आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कनुअघि शुक्रबार राष्ट्रपतिसँग बिदाई भेट गरेका हुन् । 

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै निरन्तरताका लागि आग्रह गरेको राष्ट्रपतिका स्वकीय सचिचवसमेत रहेका परराष्ट्र विज्ञ डा. सुरेशचन्द्र चालिसेले जानकारी दिए ।

चालिसेका अनुसार राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro