site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू
फाइल तस्बिर

काठमाडौं । तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम अझै केही दिन नघट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गर्मी बढ्ने क्रममा रहेकाले उक्त भू–भागहरूमा तातो हावा (लू) चलिरहेको विभागको भनाइ छ । 

त्यसैले अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । गर्मी बढेपछि तराईका कतिपय जिल्लामा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । दिउँसोको समयमा सकेसम्म बाहिर ननिस्किन आग्रह गरेका छन् । 

Dabur Nepal
NIC Asia

यसैबीच, आज बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कोसी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बढ्ने क्रममा गर्मी, आज ४२.२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro