site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार म्यानमारको थुवुन्ना रंगशालामा सम्पन्न खेलमा नेपाल चीनसँग ५–० ले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग पनि ५–० ले नै पराजित भएको थियो ।

थुवुन्नामा चीनलाई जित दिलाउन आयुयाङ युह्यान, ह्युओ युइक्सिन, यीन लिहोङ, लु जुएयु र यु जिएकीले एक–एक गोल गरे ।

खेलको १६औँ मिनेटमा युह्यानले गरेको गोलबाट चीनले अग्रता बनाएको थियो । २६औँ मिनेटमा युइक्सिनले गोल गर्दै चीनको अग्रता दोब्बर पारिन् । पहिलो हाफको इन्जुरी समयमा लिहोङको गोलमा चीनले अग्रतालाई ३–० मा पूर्यायो । पहिलो हाफको इन्जुरी समयमा नै जुएयुले गोल गरेपछि चीनले हाफ टाइमसम्म नै अग्रतालाई ४–० मा पुर्‍याएको थियो ।

यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा जिएकीले गोल गरेपछि चीनले ५–० को सहज जित निश्चित गर्‍यो । प्रतियोगितामा चीनको भने यो लगातार दोस्रो जित हो । चीनले यसअघि पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध १–० को जित निकालेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले अब शनिबार चाइनिज ताइपेईसँग समूह चरणको आफ्नो अन्तिम खेल खेल्नेछ ।

यसअघि, नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro