site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिवाभञ्ज्याङ नाका खोल्न सिक्किमको चासो
फाइल तस्बिर : ट्विटरबाट ।
Tiktok banner adTiktok banner ad

पाँचथर । नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन् । गएको मंगलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न राज्य सरकार लागिपरेको बताए ।

“चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु,” मुख्यमन्त्री तामाङले भने, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु ।”

भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ । “केन्द्र सरकार यसबारे सकारात्मक छ,” उनले भने ।

यसलाई नाकाका रूपमा विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ ।

नेपालबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ । उक्त राजमार्गको उद्गम विन्दु पनि चिवाभञ्ज्याङ हो ।

पाँचथरको याङवरक गाउँपालिका–१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिकासहित यस क्षेत्रका नागरिकले माग गरिरहेका छन् । सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल गरेको हो । नेपालका तर्फबाट चिवाभञ्ज्याङसम्म उक्त राजमार्ग कालोपत्र गर्न दुई वर्षअघि नै थालिए पनि निर्माण व्यवसायीको लापरबाहीले पूरा हुन सकेको छैन ।

वन अतिथिगृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ पुगेका सिक्किमका मुख्यमन्त्री तामाङले त्यहाँसम्म विस्तार भएको सडकलाई बहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको बताए । चिवाभञ्ज्याङ अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई दुई लेनको बनाउने उल्लेख गर्दै उनले आफूहरूसँग सुनौलो मौका रहेको बताए ।

“यो नाका खुले भारतसँगै नेपालको ४५ लाख जनसंख्यालाई लाभ पुग्नेछ,” उनले भने, “यस विषयमा संघीय सरकारमार्फत नेपाल सरकारसँग संवाद गर्छौँ ।”

नेपाल र सिक्किमका बासिन्दाको आउजाउ रहे पनि यो नाकालाई वैधानिक रूपमा खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाइ थियो । चिवाभञ्ज्याङलाई सिक्किम र नेपालबीचको द्विपक्षीय सम्पर्कविन्दु बनाउनुपर्नेमा उनले जोड दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro