site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन
फाइल तस्बिर ।

धनुषा । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।

काठमाडौंमा उपचार सम्भव नभएपछि उपकुलपति साहलाई नयाँ दिल्ली लगिएको थियो । उनी नशा र हाडजोर्नी रोग विशेषज्ञ समेत थिए ।

डा. साहलाई मधेस प्रदेश सरकारले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ११:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro