site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
कांग्रेसलाई पुनर्जीवन दिन तल्लो तहसम्म जान्छौँ : गगन थापा
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् । पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने उनले बताए ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, “पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ ।”

Dabur nepal
Agni Group

आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।

“धेरै अधिकार त सभापतिमा नै हुन्छ, तर हामी सभापतिले काम गर्नु भएन भनेर टुलुटुल बस्ने होइन, कांग्रेस रूपान्तरणको लागि तल कार्यकर्तापंक्तिमा पुग्छौँ,” उनले भने ।

भारतले सांस्कृतिक नक्सा संसद् भवनमा राखेको प्रसंगमा महामन्त्री थापाले नेपालको इतिहास र विगतको सांस्कृतिक नक्साबारे सबै नेपाली जानकार रहेको बताए ।

उनले भने, “हाम्रो सांस्कृतिक नक्साको बारेमा हामी पनि जानकार छौँ । अरूलाई पनि यो थाहा छ ।”

धेरै निराश हुनुभन्दा सम्भावना पहिल्याएर देश विकासमा अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro