site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
चीनविरुद्ध ‘काउन्टर अट्याक’को रणनीतिमा नेपाल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटका लागि म्यानमार भ्रमणमा रहेको नेपाली टिमले आज दोस्रो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दै छ । नेपालका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बलियो प्रतिद्वन्द्वी चीनविरुद्ध ‘काउन्टर अट्याक’मा जोड दिने बताएका छन् ।

नेपाल पहिलो खेलमा आयोजक म्यानमारसँग ५–० ले पराजित भएको थियो । चीनले भने चाइनिज ताइपेईलाई १–० ले हराएको थियो ।

Dabur nepal
Agni Group

आज चीनसँग पनि पराजित भए नेपालको अघिल्लो चरण पुग्ने सम्भावना लगभग समाप्त हुनेछ । त्यसकारण पनि नेपाललाई जित्नैपर्ने दबाब छ ।

‘‘पहिलो खेलमा हामी पराजित भएका छौँ । पहिले हामी साफ गेम्स खेल्दा पनि पहिलो खेलमा हारेका थियौँ । ठ्याक्कै त्यस्तै फ्लर्ड लाइटका कारण यहाँ पनि हामी घरेलु टिमसँग पराजित भएका छौँ,’’ प्रशिक्षक गुरुङले भने, ‘‘आज हामी एसियाकै बलियो टिमविरुद्ध खेल्दै छौँ । त्यसकारण हामी रक्षात्मक रणनीति जोड दिनेछौँ । बुधबार त्यहीअनुसार ट्रेनिङ भएको छ । र, काउन्टर अट्याकमा हामी जोड दिनेछौँ ।’’

नेपाल र चीनबीचको खेल म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । छनोट प्रतियोगिताको समूह ’बी’मा नेपाल र चाइनिज ताइपेई अंकविहीन छन् । म्यानमार र चीनको समान ३ अंक छ । नेपालले अन्तिम खेल आउँदो शनिबार चाइनिज ताइपेईसँग खेल्नेछ ।

प्यालेस्टाइनमा सम्पन्न पहिलो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’बाट विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । उक्त प्रतियोगितामा चीन समूह ‘ए’को विजेता हो ।

नेपालकी कप्तान दीपा शाहीले पहिलो खेलमा पराजित भए पनि टिमको मनोबल उच्च रहेको बताइन् । उनी भन्छिन्, ‘‘चीन बलियो टिम हो । त्यसकारण रक्षापंक्तिमा विशेष ध्यान दिएका छौँ । पहिलो खेल हारे पनि टिमको मनाबेल उच्च छ । उक्त खेलबाट हामीले कमजोर पक्ष पत्ता लगाएका छौँ । त्यसमा सुधार गर्नेछौँ । आज हामी राम्रो प्रदर्शन गर्नेछौँ । रक्षात्मक रणनीति भए पनि हामी काउन्टर अट्याकमा स्कोर निकाल्नेछौँ ।’’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro