site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तातो हावा (लू) लाग्दा स्वास्थ्यमा कस्तो असर देखिन्छ ? 

काठमाडौं । केही दिनयता काठमाडौंलगायत तराईका भू–भागमा तापक्रम उच्च रहेको छ । जसका कारण गर्मी बढेको छ । गर्मी बढ्दा त्यसको प्रत्यक्ष असर जनजीवनमा पर्न थालेको छ । 

सरोकारवाला निकायले गर्मीको असरबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । तराईका जिल्लामा तातो हावा (लू) चलिरहेको छ । 

Dabur Nepal
NIC Asia

तातो हावा (लू) लाग्दा कस्तो असर देखिन सक्छन् ? 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा तथा लू लाग्दा हृदयको गति तीव्र हुने जनाएको छ । “श्वासप्रश्वास र रक्तचाप कम हुन्छ । शरीरबाट पसिना ननिस्किने, टाउको अत्यधिक दुख्ने समस्या देखिन सक्छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुन्छ ।”

छाला सुक्खा हुने, रातो र तातो हुने समस्या देखिने मन्त्रालयले जनाएको छ । यस्ता असर देखिए तत्काल बिरामीलाई नजिकैको अस्पताल लैजान पनि मन्त्रालयले आग्रह गरेको छ । 

गर्मीमा स्वास्थ्यको विशेष हेरचाह गर्न पनि मन्त्रालयको अनुरोध छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro