देश

काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका बुवा पक्राउ परेका छन् ।
बाराको देवताल गाउँपालिका–४, तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५, ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको जनाइएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० २०:१२
प्रतिक्रिया दिनुहोस्