site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सीमाको विषयमा ओलीप्रति प्रचण्डको कटाक्ष : केही गरेन भन्नेहरूले आफ्नो समयमा के गरे ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको विषयमा राजनीति मात्र बढाएर समस्या हल नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै उनले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्न गरे ।

Dabur Nepal
NIC Asia

बुधबार राष्ट्रियसभाको रोस्टममा उभिएर बोल्दै उनले कनिकुथी सकिनसकि विरोध गर्नुको औचित्य नभएको बताए ।

“हिजो त सरकारको नेतृत्व उहाँहरूको दलले पनि गरेकै थियो । थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँहरुले के चाहिँ गर्नुभएको थियो ? गर्नुभयो केही ? भएको थियो र केही ?” प्रधानमन्त्री प्रचण्डले भने, “अहिले अलिकति भयो । उत्पादन भयो भन्ने मेरो दाबी हैन । तर नयाँ सुरुआत त भयो । नेपाल समृद्धि हुने ढोका खोलीयो ।”

प्रधानमन्त्री प्रचण्डले राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी लिपुलेकलगायत सीमा विवादको समस्या हुल हुने बताए । यसलाई बढी पोलिटिक्स मात्र गरे यो बल्झिरहने र कचिंगल मात्र बन्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu