site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभामा प्रधानमन्त्री : सांसदले उठाए सार्क सम्मेलनदेखि राष्ट्रघात गरेकोसम्म प्रश्न
SkywellSkywell

काठमाडौं । राष्ट्रियसभा सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा राष्ट्रघाती नीति अवलम्वन गरेको आरोप लगाएका छन् । बुधबारको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बारेमा जानकारी गराएपछि प्रश्न गरेका सांसदहरूले सीमाको विषय र ऊर्जाको विषयमा राष्ट्रघात हुने गरी कुराहरू उठेको बताए ।

सांसद भवगती न्यौपानेले भारत भ्रमण जानुभन्दा अगाडि राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराएर प्रम प्रचण्डले नागरिकता विधेयक कोसेली लिएर भारत गएको आरोप लगाइन् । उनले ऊर्जा सम्झौता गर्दा फुकोट कर्णाली पनि भारतलाई सुम्पिनु राष्ट्रघात नीति भएको भन्दै चुक्ने र झुक्ने किन भयो भन्ने प्रश्न गरिन् ।

KFC Island Ad
NIC Asia

सांसद इन्दिरादेवी गौतमले पनि फुकोट कर्णाली हाइड्रो बनाउने सहमति भएको हो भने के सहमति भएको हो ? नेपालले पानी कति प्राप्त गर्छ ? भन्दै प्रश्न गरिन् । उनले व्यापार सन्धिको विषयमा समेत प्रश्न उठाइन् ।

यस्तै, सांसद रामचन्द्र राईले भारतीय संसद् भवनमा राखिएको नक्सामा नेपालको भूभाग राखिएको भन्दै यसमा कहिले स्पष्टीकरण सोध्ने भन्दै प्रश्न गरे । 

Royal Enfield Island Ad

अर्का सांसद अनिता देवकोटाले भने सार्कको भविष्य के भयो ? शिखर सम्मेलन कहिले, कहाँ हुन्छ ? भारतका प्रधानमन्त्रीसँग कुरा के भयो भन्दै प्रश्न गरिन् । उनले नयाँ एयर रुट र कालापानीबाट भारतीय सैनिक हटाउने कुरा के भयो ? अरु सीमा विवादमा कुरा के भयो भन्दै प्रश्न उठाइन् ।

सांसद जितेन्द्रनारायण देवले भने भारत भ्रमण युगान्तकारी र ऐतिहासिक भएको भन्दै प्रशंसा गरे । अर्का सांसदद्वय सारदादेवी भट्ट र भैरवसुन्दर श्रेष्ठले लिपुलेक, कालापानी साटेर बंगलादेशसँग जाने मार्गको विषय के हो भन्दै प्रश्न उठाए ।

सांसद डा विमला राई पौडेलले गान्धीको समाधिस्थलमा मोबाइलको फोटो खिचेकोप्रति आपत्ति जनाइन् । उनले आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ? मोबाइल फोटो खिच्न मिल्छ कि मिल्दैन ? भन्दै प्रश्न गरिन् । साथै, उनले ईपीजीको कुरा उठाउँदा माहोल बिग्रिन्छ भन्नु अचम्मको भएको भन्दै यर्थाथ माग गरिन् ।

सांसद गोपाल भट्टराईले पनि एयर रुटको विषयमा प्रश्न उठाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro