site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
इजरायलले गर्‍यो मान्छे र सामान बोक्ने ड्रोन ट्याक्सीको परीक्षण
Ghorahi CementGhorahi Cement

काठमाडौं । इजरायलले मान्छे र भारी सामान बोक्न सक्ने ड्रोनको परीक्षण उडान सुरु गरेको छ । इजरायलले राष्ट्रिय योजनाका रुपमा देशभर ड्रोन नेटवर्क बनाएर हवाई ट्याक्सी यातायात र ड्रोन डेलिभरी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

सन् २०१९ मा सुरु भएको राष्ट्रिय ड्रोन पहल (एनडीआई)को पाइलट प्रोजेक्टका रुपमा इजरायलले पछिल्ला दिनहरुमा ड्रोन ट्याक्सीको परीक्षण गरेको हो ।

Dabur nepal
Agni Group

परियोजनाको उद्देश्य यात्रु र भारी कार्गोलाई एक ठाउँबाट अर्को ठाउँमा उडाउन र इजरायलको व्यस्त सडकमा ड्रोन प्रयोग गरेर ट्राफिक जाम सुधार गर्दै व्यावसायिक र सार्वजनिक सेवा अझ प्रभावकारी बनाउनु भएको बताइएको छ ।

इजरायलका यातायातमन्त्री मिरी रेगेभले भनेका छन्, "नयाँ प्रविधिको व्यापक र बहु-अनुशासनात्मक परीक्षणको लागि यो संसारमा पहिलो पहल हो । जसमा कार्गोको ढुवानी र पछि मानिसहरूको उडान समावेश छ ।"

नियामकअन्तर्गत रहेर इजरायलको सरकारी संस्था र निजी कम्पनीहरुले यस क्षेत्रमा काम गरिरहेका छन् । यसमा खासगरी यातायात मन्त्रालय, इजरायल इनोभेसन अथोरिटी, आयलोन हाइवेज लिमिटेड र इजरायलको नागरिक उड्डयन प्राधिकरणको नेतृत्व रहेको छ ।

गत हप्ता इजरायलमा ११ वटा ड्रोन परीक्षण भएका छन् । ठाडै उडान गर्न सक्ने यी विद्युतीय ड्रोन ट्याक्सी १६० किलोमिटर दूरीसम्म उड्न सक्ने र २२० किलो तौल बोक्न सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu