site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय छानबिन समिति गठन गर्नुपर्ने लिङदेनको माग
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

केही व्यापारिक घरानानिकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अहिले अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेको छ । अध्यक्ष लिङदेनले त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

Argakhachi Cement Island Ad

मंगलबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले पूर्वनासु रामकृष्ण श्रेष्ठलाई करारमा नियुक्त गरी सो काम लगाइएको भन्ने झारा टार्ने ढंगले जवाफ दिएको उल्लेख गर्दै आपत्ति जनाए ।

गत वर्ष पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि सोही खालको आरोप लागेको उनले स्मरण गरे । यस्ता विषयलाई त्यसै छोड्न नमिल्नेमा उनले जोड दिए ।

बजेट आउनु अघिल्लो दिन ठूलो मात्रामा गाडीहरू आयात हुनु र भोलिपल्ट करको दर हेरफेर हुनु शंकास्पद रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्