site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एप्पलले सार्वजनिक गर्‍यो साढे चार लाखको ‘अगमेन्टेड रियालिटी’ हेडसेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । एप्पलले अत्यधिक महत्त्वकांक्षाको अगमेन्टेड रियालिटी (एआर) हेडसेट एप्पल भिजन प्रो सार्वजनिक गरेको छ । करिब एक दशकको अवधिमा एप्पलले सार्वजनिक गरेको यो महत्त्वपूर्ण हार्डवेयर हो ।

एप्पलका सीईओ टिम कुकले नयाँ हेडसेटले वास्तविक संसार र भर्चुअल संसारलाई निर्वाध रूपमा सम्मिश्रित गरेको बताएका छन् ।

सोमबार वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) २०२३ मा एप्पलले आइफोनका लागि नयाँ अपरेटिङ सिस्ट र म्याकबुक एयरका लागि अपडेट पनि घोषणा गर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई घण्टा ब्याट्री टिक्ने यो प्रतिहेडसेटको मूल्य तीन हजार ४९९ अमेरिकी डलर (करिब चार लाख ६१ हजार रुपैयाँ) छ । अर्काे वर्षको सुरुमा अमेरिकी बजारमा हेडसेट आउनेछ ।

एप्पलको एप्पल भिजन प्रोको मूल्य हाल बजारमा रहेका भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो छ । मेटाले गएको हप्ता घोषणा गरेको क्वेस्ट हेडसेटको मूल्य ४९९ अमेरिकी डलर छ ।

Global Ime bank

पछिल्लो समय निकै चर्चामा रहेको जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा भने एप्पल खासै बोलेन ।

अरू के–के भए सार्वजनिक ?
एप्पलको यो हेडसेट अरूभन्दा फरक छ । मिक्स्ड रियालिटी पनि भनिने अगमेन्टेड रियालिटीले आफूवरपरको संसारमा भर्चुअल कुरासँग मिसाएर हेर्न सकिन्छ । यो हेडसेटमा हेरेर वास्तविक संसारलाई भर्चुअल संसारसँग मिलाउन सकिन्छ ।

यसको प्रयोगले एपमा पहुँच पाउन, फिल्म हेर्न र भर्चुअल संसारमा कागजात लेख्नेजस्ता काम गर्न सकिन्छ । तर, यस किसिमको प्रविधिको प्रयोगको बजार हाल निकै कम छ ।

भिजन प्रोबाहेक एप्पलले आइफोन अपरेटिङ सिस्टमको नयाँ संस्करण आईओएस१७ पनि सार्वजनिक गरेको छ ।

अपडेटमा फोन गर्ने व्यक्तिको तस्बिरदेखि कन्ट्याक्ट पोस्टर र पठाएको म्यासेज सोही समयमा देखाउने लाइभ भ्वाइसमेलजस्ता फिचर थपिएका छन् ।

यस्तै, साथी वा परिवारको सदस्य घर पुग्दा जानकारी गराउने चेकइन फिचर पनि ल्याइएको छ ।

ढिला भएमा समयमै घर नपुगेको भन्ने जानकारी समेत यसले गराउनेछ । केही समयपछि यो अपरेटिङ सिस्टम सार्वजनिक हुने बताइएको छ ।

एप्पलले करिब एक किलो ३६० ग्राम भएको अहिलेसम्मकै सबैभन्दा पातलो ११.५५ एमएम र १५ इन्चको ल्यापटप सार्वजनिक गरेको छ । यसको ब्याट्री १८ घण्टा टिक्ने र पाँच स्पिकरहरू रहेको बताइएको छ ।

यसैगरी, एप्पलको सानो तर शक्तिशाली डेस्कटप कम्प्युटर म्याक स्टुडियोका लागि पनि अपडेट ल्याइएको छ ।

एप्पलले सिलिकन सञ्चालित डेस्कटप र र्‍याक माउन्ट गरिएको म्याक प्रो वर्कस्टेसनका लागि पनि विशेष घोषणा गरेको छ ।

आइफोनमा नयाँ एयर ड्रप नेम ड्रप फिचरले सहजै फोन नम्बर र तस्बिर अर्काे व्यक्तिलाई पठाउन मिल्ने सुविधा समेत ल्याइएको छ ।

एप्पलको नयाँ डेस्कटप अपरेटिङ सिस्टम म्याकओएस १४ लाई सोनोमा नाम दिइएको छ । यसमा पनि फिचर थपिएको छ ।

यस्तै, एयरपड्सका लागि पनि बाहिरको आवाज हटाउने फिचरमा सुधार गरिएको छ । एप्पल टीभीमा फेसटाइम फिचर थपिएको छ । एप्पलले स्मार्टवाचको अपरेटिङ सिस्टममा पनि अपडेट ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement