site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गलेश्वर मन्दिरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनामा एक करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । 

चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु एक करोड पाँच लाख २१ हजार ५०८ रुपैयाँ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् । 

“गत वर्षको असारसम्म कोषको आम्दानी रु दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो”, उनले भनिन्, “चालु आर्थिक वर्षको हालसम्म रु एक करोड ५१ लाख एक हजार १३८ आम्दानी भएकामा विभिन्न शीर्षकमा रु ४५ लाख ७९ हजार ६३० खर्च भएको छ ।” 

सबैभन्दा बढी मण्डप भेटी रु २४ लाख ७६ हजार ४९९ र मेलापर्वको भेटी रु २६ लाख ९१ हजार ६३८ आम्दानी भएको छ । आव २०७८÷७९ मा रु ४० लाख ८५ हजार ५२२ भेटीसहित रु ९१ लाख ८२ हजार ५६९ आम्दानी भएको थियो । 
 
यज्ञ दर्तामा रु चार लाख ३५ हजार ६०२, यात्री निवासबाट रु छ लाख ५९ हजार १०, ब्याज आम्दानी रु १३ लाख २७ हजार ३९, दान दातव्य रु १५ लाख १२ हजार ७२२, जिन्सी बिक्रीबाट रु दुई लाख ९८ हजार ३७१, स्टल भाडाबाट रु पाँच लाख २६०, पार्किङ शुल्कबाट रु एक हजार ९५० र विविध शीर्षकमा रु ३७ हजार २० आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । रासस
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro