site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई ओलीको कटाक्ष– तपाईंलाई त मजा छ नि !
Tiktok banner adTiktok banner ad

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई 'तपाईंलाई त मजा छ नि !' भन्दै कटाक्ष गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा गएको पुसमा प्रधानमन्त्री बनेको तर अहिले भारत भ्रमणकै बेला किन नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्ने प्रश्न सोध्ने क्रममा ओलीले कटाक्ष गरेका हुन् ।

ओलीले प्रचण्डलाई दलहरूलाई चाख्दै सरकारबाट फ्याँकेको भन्दै व्यङ्ग्य गरे । 

“तपाईंलाई त मजा छ नि अहिले त चाखी चाखिकन...। एमाले चाखी हेर्नेु भो फ्यात्त फ्याँक्नु भो । रास्वपा यसो चाख्नुभयो फ्यात्त फाल्नुभो । राप्रपा पनि चाखी हेर्नुभो फ्यात्त फाल्नुभो,” ओलीले भने, “अर्को जनतमतलाई पनि चाखी हेर्नुभो, फ्यात्त फाल्नुभो । अर्को चाखेर यसो सामेल गर्नुभएको छ ।”

ओलीले फेरि त्यस्तो मौका नआउने समेत बताए ।  “छानीछानी छ, सधैँ यस्तै दिन आउँदैन है फेरि,” ओलीले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro