site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
Ghorahi CementGhorahi Cement

जाति र भाषाको सङ्ख्या केही बढेको पाइए पनि नेपालको जनसाङ्ख्यिक संरचनामा बितेका १० वर्षमा खासै परिवर्तन भएको देखिएन । सम्भवतः नेपालका सबै जातजाति, धार्मिक समुदाय र भाषाभाषीले आआफ्नो पहिचान खुलाउन थालेकाले तिनको सङ्ख्यामा वृद्धि भएको देखिएको हो ।

राष्ट्रिय जनगणना, २०७८ को जाति, धर्म, भाषासम्बन्धी हालै सार्वजनिक भएको विवरणले सामाजिक सद्भाव बिथोल्न उद्यत साम्प्रदायिक तत्त्वहरूको प्रचारवाजीलाई भने गलत सिद्ध गरिदियो  । नेपालमा कुनै जातीय, धार्मिक वा भाषिक समुदायले जनगणनालाई बदनियतपूर्वक प्रयोग गरेको आरोप ‘अनर्गल प्रचारवाजी’मात्र देखयो ।

यस्तै देशको ‘फिजीकरण’, ‘इसाईकरण’ गरिएको भन्नेहरूमात्र होइन ‘धार्मिक दमन’ गरिएको भन्नेजस्ता तत्त्वहरूले नेपाल र लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलाएको हल्ला पनि निराधार रहेको पुष्टि भएको छ । यसबाट सामाजिकरूपमा नेपाली समाज सही दिशामा अग्रसर भएको सुखद सन्देश प्रवाह भएको छ ।  

Dabur nepal
Agni Group

राष्ट्रिय जनगणना २०६८ र २०७८ का तथ्याङ्कलाई हेर्दा जनसङ्ख्याको आकार र संरचनामा खासै फरक परेको छैन । सबैभन्दा ठूलो धार्मिक, जातगत र भाषिक समुदाय अहिले पनि धेरै अन्तरका साथ कायमै रहेको छ भने केही अल्पसङ्ख्यक समुदायको वृद्धि दरमा सामान्य तलमाथि भएको छ । 

नेपालमा जाति तथा जनजाति  समुदायको सङख्या १२५ बाट बढेर १४२ वटा पुगेको छ । मातृभाषाको सङ्ख्या २४ र देशमा मानिने धर्मको सङ्ख्या १० पुगेको देखिन्छ । यसरी बढ्नुको नेपालको जातीय, धार्मिक र भाषिक  विभिन्नता र विविधताको झलक जनगणनामा प्रतिविम्बित हुनु नै हो । 

जनगणनाको विवरणले नेपाललाई धर्म परिवर्तनको अखाडा बनाइएको भन्ने आरोपदेखि जातिगत र भाषिक विवरण गलत देखाएर जाति विशेषको अस्तित्व लोप गराउन खोजेको भन्नेजस्तो प्रचारसवाजी भ्रामक सिद्ध गरेको छ । यो नेपाल र नेपालीको हित चाहनेहरूका लागि सुखद समाचार हो । 

राष्ट्रिय जनगणनामा तथ्याङ्क सङ्कलनदेखि प्रशोधन र सार्वजनिकीकरणसम्मका सबै काममा सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूको संलग्नता हुन्छ । यसलाई कुनै जाति, धर्म वा सम्प्रदाय विशेषका पक्ष वा विपक्षमा दुरुपयोग गर्न ‘षड्यन्त्रको सिद्धान्त’का अनुयायीको प्रचारवाजीजस्तो सहज हुँदैन ।

हुनत, साम्प्रदायिक विद्वेषको खेती गर्ने तत्त्वले आफ्नो प्रवृत्तिअनुरूप ‘षड्यन्त्र’ कुनै न कुनै बहाना बनाउने नै छ तर राष्ट्रिय जनगणनाको तथ्याङ्कले पुष्टि नगरेपछि बहुसङ्ख्यक नागरिकले त्यसलाई गम्भीरतापूर्वक लिनेछैनन् । फलस्वरूप विखण्डनको कुनै प्रयास पनि स्वतः निस्तेज हुनेछ ।

विचार, धर्म, भाषा र जातिका आधारमा कुनै समुदाय वा समूहविरुद्ध द्वेष फैलाउने तत्त्व नै यथार्थमा ‘पञ्चमाङ्गी’ हो । भ्रम फैलाएर नेपाली नागरिकबीचमा अविश्वास र फाटो बढाउन खोजिरहेको तत्त्वले पनि जनगणनाको परिणामले देखाएको वास्तविकता सहजरूपमा आत्मसात् गर्नु बुद्धिमानी हुनेछ ।  


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro