site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएनएले दियो प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकामा धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष आरके शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटी ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने ‘मार्गप्रशस्त’ भएकामा धन्यवाद ज्ञापन गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको समेत थालनी भएको जानकारी गराउँदै गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने उल्लेख गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro