काठमाडौं । भारतीय अभिनेता प्रभास अभिनीत सिनेमा ‘आदिपुरुष’को रिलिजअगाडि नै लगानीको करिब ८५ प्रतिशत रकम उठाएको छ । डिजिटल राइट्स, म्युजिक राइट्स र थिएट्रिकल राइट्स बेचेर निर्माण पक्षले लगानीमो ८५ प्रतिशत रकम उठाएको हो ।
पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोड भारू मात्र कमाए लगानी सुरक्षित हुनेछ ।
‘आदिपुरुष’ भारतकै महँगो सिनेमा भएको बताइएको छ । हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन हुने सिनेमामा प्रभासलाई रामको भूमिकामा देख्न सकिनेछ । सैफअली खानले रावणको र कृति सेननले सीताको भूमिका निर्वाह गरेका छन् ।
घोषणा भएसँगै चर्चामा रहेको सिनेमा रामायणमा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिनेमालाई ओम राउतले निर्देशन गरेका छन् ।