site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ला लिगा राउन्ड–अप : अन्तिम दिन भायाडोलिड रेलिगेसनमा, लिग च्याम्पियन बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगाको अन्तिम दिन ओसासुनाले युरोपियन प्रतियोगितामा स्थान पक्का गर्दा रियाल भायाडोलिड रेलिगेसनमा परेको छ ।

आइतबार राति भएको खेलमा ओसासुनाले जिरोनालाई २–१ ले पराजित गर्दै युरोपियन कन्फेरेन्स लिगमा स्थान सुरक्षित गर्‍यो ।

ला लिगाबाट बार्सिलोना, रियाल मड्रिड, एट्लेटिको मड्रिड र रियाल सोसिडाडले च्याम्पियन्स लिगमा स्थान बनाए ।

यस्तै, भियारियाल र रियाल बेटिसले युरोपा लिगमा स्थान बनाउँदा ओसासुना कन्फेरेन्स लिगमा छनोट भएको हो ।

अन्तिम दिन लिग च्याम्पियन बार्सिलोना सेल्टा भिगोसँग २–१ ले पराजित भयो । ६५ मिनेटसम्म २–० ले पछि रहँदा त्यसपछि अन्सु फातीले गोल गरे पनि बार्सिलोना खेलमा फर्कन सकेन ।

अन्य खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओसँग १–१ र एट्लेटिको मड्रिडले भियारियालसँग २–२ को बराबरी खेल्यो ।

अन्तिम दिन रियाल सोसिडाडसँग पराजित हुँदा युरोपा लिग च्याम्पियन सेभियाले १२औँ स्थानमा रहेर सिजनको अन्त्य गर्‍यो ।

लिगबाट अन्तिम दिन भायाडोलिड रेलिगेट हुँदा त्यसअघि स्पान्योल र इल्चेले शीर्ष लिगको हैसियत गुमाइसकेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro