site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदनमा प्रतिपक्षी दलको व्यङ्ग्य : 'एयर रूट' ल्याउन नसकेर प्रमले भैँसी लिएर आउनुभयो 
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमण सकेर शनिबार नेपाल फर्किसकेका छन् । उनको भ्रमणलाई लिएर विशेष गरी दुईवटा कुरा यतिबेला चर्चामा छ । भारत सरकारबाट ल्याउन लागिएको मुर्रा जातका १५ राँगा र लिपुलेक– लिम्पियाधुराबारे प्रधानमन्त्रीको अभिव्यक्ति ।

प्रचण्डले भारत भ्रमणका क्रममा लिपुलेक–लिम्पियाधुरा भूमि साट्न तयार भएको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीले भैँसीसँग राष्ट्रियता साटेको भन्दै सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका छन् । विपक्षी दलहरू मोर्चा बनाएर यससम्बन्धी स्पष्ट जवाफ नआएसम्म संसद् चल्न नदिने अडानमा छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्रीले भ्रमणको अभिव्यक्तिबारे माफी नमागेसम्म सदन चल्न नदिने भन्दै अवरुद्ध गर्यो । साथै, राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रक्रिया उल्टो भएको भन्दै विरोध जनायो ।

Agni Group

प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को शीर निहुरिएको बताए । “फूलबारी रुट प्राप्त गर्नका निम्ति नेपालको पश्चिमको कालापानी, लिम्पियाधुरा, लिपुलेक दिन पनि तयार छौं भन्ने जस्तो आज गएर गर्ने कुराले सिंगो राष्ट्रको शीर निहुरिएको छ । अपमान वोध भएको छ,” गिरीले भने ।

प्रधानमन्त्रीबाट यस्ता कुरा आउनु दुःखद् भएको भन्दै गिरीले त्रुटि सच्याउनुपर्ने बताए । प्रधामन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने भनाइ उनको थियो । “यो सदनका अघि आएर उहाँले माफी माग्नुपर्छ । नभएसम्म हामी अघि बढ्न सक्ने अवस्था रहँदैन,” गिरीले बैठकमा भने ।

Global Ime bank

सदन अवरोध गर्न एमालेलाई साथ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि राष्ट्रियता र सार्वभौम राज्यको स्वाधिनतासँग जोडिएको विषयमा जनताले बुझ्ने गरी प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले एयर रूट ल्याउँछु भन्ने प्रधानमन्त्रीले भैँसी किन लिएर आएको भन्दै व्यंग गरे ।

“बंगलादेशसँगको रूटका लागि हाम्रो भूभाग जुन भारतसँग सिमा विवाद छ, लिलुपेलक, लिम्पियाधुरा, कालापानी क्षेत्र साटेको भन्ने खबरहरू मैले पनि देखेँ । जुन उहाँको अधिकार भएको क्षेत्र नै हैन । यसमा हाम्रो गहिरो चिन्ता छ र यसमा प्रधानमन्त्रीले हामीलाई जवाफ दिनुपर्छ,” श्रेष्ठले बाह्रखरीसँग भने, “हामीलाई लागेको थियो, प्रधानमन्त्रीले नयाँ एयर रूट ल्याउनुहुनेछ र हाम्रा विमानस्थल सञ्चालनमा आउनेछन् । तर उहाँले त भैँसी पो लिएर आउनुभयो । भारत पक्षले राजकीय नमानेको भारत भ्रमण कसरी फलदायी भ्रमण भयो र ? देशको सार्वभौम सत्ता र देशको स्वाधिनतासँग जोडिएको विषय भएकाले उहाँले संसद्मा चित्तबुझ्दो जवाफ दिनुपर्छ ।”

भारत भ्रमणको क्रममा भएका कतिपय राम्रा पक्षहरूलाई पनि यी दुई विषयले छायामा पारेको बुझाइ स्वयं सत्तापक्षका दलहरूको पनि छ । भारत भ्रमण र यसका गतिविधिको पक्षमा संसद् दुई कित्तामा उभिएको छ । प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति बचाउमा सत्तापक्ष लागेको छ भने प्रतिपक्षी दलहरू उनको विरोधमा लागेका छन् ।

एमाले सचेक महेश बर्तौला सत्ताका लागि नेपालको जमिनविरुद्ध धावा बोल्ने छुट प्रधानमन्त्री प्रचण्डलाई नभएको बताउँछन् । उनी प्रधानमन्त्रीको यो कदम राष्ट्रघाती भएको बताउँछन् ।

“१५ वटा मुर्रा भैँसीसँग कालापानी–लिपुलेक–लिम्पियाधुरा साट्ने अधिकार प्रधानमन्त्रीलाई छैन । कालापानी–लिपुलेक–लिम्पियाधुरा नेपालको जमिन हो,” बर्तौलाले भने, “सत्ताका लागी यो जमिनका विरुद्ध धावा बोल्ने छुट प्रधानमन्त्रीलाई छैन । योभन्दा ठूलो राष्ट्रघात अरु केही हुनै सक्दैन । हामी यसको सशक्त प्रतिवाद गर्छौँ ।”

सत्तारूढ दलका सांसदहरू भने प्रधानमन्त्रीको बचाउमा उभिएका छन् । प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटा प्रमुख प्रतिपक्षी दलले ‘इस्यू’ अन्तै मोड्ने काम गरिरहेको बताउँछन् । सीमा समस्या समाधानको विवादलाई समाधान गर्न अनेक विकल्पमध्ये त्यो एक हुन सक्ने विषयमा छलफल हुनुलाई अतिरञ्जित गर्न नहुने भनाइ उनको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा चााइनिज टोलीको भ्रमणमा एकसिङ्गे गैँडा उपहार दिएको सम्झना गर्दै के गैँडासँग राष्ट्रियता साटेको भन्न मिल्छ भन्दै प्रश्न गर्छन् ।

“भैँसीको कुरा उहाँहरूले हल्ला गर्नुभएको हो । अघिल्लोपटक चाइनालाई एकसिंगे गैँडा दिएका थियौँ । त्यस्तै उहाँहरूको पनि उन्नत जातको भैँसी भारतभन्दा बाहिर व्यापार गर्नका लागि प्रतिवन्धित रहेछ । बिउ बिजनका लागि सम्मानसँग दिएको हो,” सापकोटाले बाह्रखरीसँग भने, “उहाँहरू राष्ट्रियतालाई भैँसीसँग साट्नुभयो भन्नुहुन्छ कुरै नबुझिकन । त्यसो भए हामीले चाइनासँग राष्ट्रियता गैँडासँग साटेको हो त ?”

विरोधका लागि मात्र  विरोध भएको भन्दै उनी भ्रमणबाट निरन्तरतामा क्रमभंग गर्दै राम्रो सफलता प्राप्त भएको बताउँछन् ।

प्रधानमन्त्रीसँगै भारत भ्रमण गएका अर्थमन्त्री तथा सत्तासाझेदार दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि ऊर्जाको क्षेत्र र व्यापार घाटा कम गर्न यो भ्रमणले अभूतपूर्व उपलब्धि हासिल गरेको दाबी गर्छन् । उनी १० हजार मेगावट बिजुलीको विषय र बंगलादेशसम्मको ऊर्जा व्यापारको लागि बाटो खुल्ला भएको विषयलाई सामान्य लिन नहुने बताउँछन् ।

“यो साट्ने कुरा कहीँ केही भएको छैन । यस्ता कुराहरू आइरहेका छन् भन्ने सिलसिलामा प्रमले टिप्पणी गर्नुभएको हो । यसो गर्ने भन्ने भित्र बाहिर कहीँ कतै बोलेको थाहा छैन । सुझाव आएको विभिन्न कोणबाट भन्ने कुरा भन्नुभएको होला,” उनले भने ।

हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा सीमा विवाद समाधान गर्न भारत सकारात्मक रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेका थिए । सो क्रममा नेपालका प्रधानमन्त्री प्रचण्डले नयाँ एयर रूट र पञ्चेश्वर परियोजनाको विषय पनि उठाएका थिए । तीन महिनाभित्र डीपीआर र डीपीआर दुवै देशले स्वीकार्ने गरेको एक वर्षभित्र रणनीति तर्जुमा गर्ने उनले जानकारी गराएका थिए ।

जसपा सांसद राजकिशोर यादव सीमा विवाद कुटनीतिक तवरबाट समाधान गर्नुपर्ने विषय भएकाले ऊर्जा व्यापारको विषयमा भएको सम्झौताले भ्रमण आइस ब्रेक गर्न सफल भएको बताउँछन् ।

“प्रमको भारत भ्रमण आइस ब्रेक भयो भन्नुभएको छ । हामीले हेर्दा पनि सकारात्मक भएको छ । सम्बन्ध हाम्रो विश्वासको वातावरण बन्ने र अर्थतन्त्रमा भएको कमजोरी हटाउन ऊर्जा सम्झौता भयो । व्यापार सम्झौतालगायतले गर्दा राम्रो भएको छ,” उनले भने, “सीमाको विषयमा सबै कुरा एकैपटक मिल्दैन । उहाँले सीमाको विषमया प्रवेश नगरेको बताउनुभएको छ । समस्या समाधानउन्मुख छ । मोदीले पनि विवाद समाधान गर्नुपर्छ भन्नुभएको छ । यो कुटनीतिक च्यानलबाट हल हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu