site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जोडियो
Ghorahi CementGhorahi Cement

काठमाडौं । राज ब्रुअरी र सिम्पल इनर्जीले नवलपरासीस्थित राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् । यो परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना भएको कम्पनीले जनाएको छ ।

त्यसका साथै यो नेपालको ब्रुअरी उद्योगकै पहिलो सोलार परियोजना भएको कम्पनीको दाबी छ । नेपालको लागि विश्व प्रसिद्ध बडवाइजर बियरको उत्पादक राज ब्रुअरीले सोलारबाट उत्पादन भएको ऊर्जाले आफ्नो कारखाना सञ्चालन गर्ने र अतिरिक्त उर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुने बताएको छ ।

Dabur nepal
Agni Group

कार्यक्रममा बोल्दै राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले ब्रुअरीको ऊर्जा  आवश्यकताहरू पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसारतर्फको प्रयास भएको बताए ।

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका कार्यकारी निर्देशक शशिन जोशीले ब्रुअरीका लागि सोलार ऊर्जा स्थापना गर्न पाउँदा खुसी भएको र यसरी नै जावलाखेल ग्रुपअन्तर्गतका अरु कम्पनीहरुमा पनि सोलार ऊर्जा प्रयोग गर्ने योजना रहेको बताएका छन् ।

यस्तै, सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले यो प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताए ।

प्राइभेट इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ग्रुप (पीआईडीजी) कम्पनी इन्फ्राको एसिया र सरल ऊर्जा नेपाल (एसयूएन)को संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरेको हो । ५०० किलोवाटको यो सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro