देश

काठमाडौं । नेपाल किसान मजदुर पार्टी (नेमकिपा)ले नागरिकता विधेयक प्रमाणीकरण भएको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।
आइतबार पार्टीका संगठनका नेता, कार्यकर्ताहरू भेला भई जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नगरिकता विधेयक प्रमाणीकरण गरेको र नागरिकता विधेयक प्रमाणीकरण संविधान विपरीत भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शन काठमाडौंको कोटेश्वरदेखि संसद् भवनसम्म भएको थियो । प्रर्दशनका क्रममा उनीहरूले नेपाली लेण्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्