site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेले टीएमएस खुला गर्‍यो, ब्रोकरले डीएनए दिएनन्

काठमाडौं । लगानीकर्ताले गत शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सेयर कारोबार गर्ने ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) बन्द गर्न माग गरेका थिए । तर, नेप्सेले लगानीकर्ताको मागलाई एक पक्षीय रूपमा सम्बोधन गर्न नसक्ने भन्दै मन्त्रालयसँग छलफल गर्ने बतायो ।

करको विषयलाई लिएर आन्दोलन गर्दै आएका लगानीकर्ताले ब्रोकरहरूलाई पनि टीएमएस खुला नगर्न र खोले त्यसको जिम्मेवारी आफैँ लिनुपर्ने भन्दै दबाब दिएका थिए ।  लगानीकर्ताको यो दबाबलाई अधिकांश ब्रोकरहरुले स्वीकारेका छन् । आइतबार टीएमएस प्राप्त गरेका ५४ वटा ब्रोकरहरूमध्ये ४८ वटाले लगानीकर्ता डाइरेक्ट नेटवर्क एक्सिस (डीएनए) दिएनन् ।

Dabur Nepal
NIC Asia

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सुरुमा ६ वटा ब्रोकरहरूले मात्र डीएनए दिएका थिए । तर, तीमध्ये पनि तीनवटाले केही समयमा नै बन्द गरेका थिए । नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार टीएमएस खुला भए पनि ब्रोकरले दिने डीएनए बन्द भएको हो । डीएनए खुला नभएसम्म लगानीकर्ताले सेयरमा अर्डर दिन मिल्दैन ।

त्यस्तै लगानीकर्ताहरूले आर्थिक विधेयक २०८० को दफा २९ लाई लिएर चरणवद्ध आन्दोलन गरिरहेका छन् । अहिले लगानीकर्ताहरू, तिलक कोइराला, रोहन कार्की, नयनसिंह बास्तोला, एसपी चाउलागाईं लगायत अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलमा बसिरहेका छन् ।

लगानीकर्ताले ब्रोकर कम्पनीहरूमा टीएमएस नखोल्न नोटिस नै टाँसेका थिए । तर, अहिले सबै ब्रोकरहरूले डीएनए खोलेको स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले जानकारी दिए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro