site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजा, रुद्राक्ष र ८१ हजार रुपैयाँ चढाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मध्य प्रदेशको महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रचण्डले आज महाकालेश्वर मन्दिरको पूजा गरेका हुन् ।

Argakhachi Cement Island Ad

द हिन्दुका अनुसार प्रधानमन्त्री प्रचण्डले महाकालेश्वर मन्दिरमा रुद्राक्ष र ५१ हजार भारु (नेरु ८१ हजार ६००) चढाएका छन् ।

मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका गभर्नर मंगुभाई पटेल प्रदेश मन्त्रीहरू मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए ।

भारतबाट उनी दुई दिने भ्रमणका लागि मध्य प्रदेश पुगेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्