site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखलाई अनेरास्ववियुले भन्यो– सांसद विकास कोषको रकमले कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउन ‘रुलिङ’ होस्

काठमाडौं । अनेरास्ववियुले सरकारले सांसद विकास कोषलाई छुट्याएको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेको सांसद विकास कोषको रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो ।

अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसको निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ ।

सभामुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र संकटमा रहेका बेलामा सांसद विकास कोषको स्थापना गरी सांसदहरुलाई पाँच/पाँच करोड रुपैयाँ वितरण गर्नुले सांसदहरु जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको बताए । 

सो कोषका लागि कानुनी व्यवस्था नभए पनि बदनियतका साथ अगाडि बढाइएको उल्लेख गर्दै उनले कोषका लागि छुट्टयाइएको आठ अर्ब २५ करोड रुपैयाँ रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क बनाउनका लागि प्रयोग गर्नुपर्ने बताए । 

ज्ञापनपत्र बुझ्दै सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए । उनले सरकार, संसद्लगायत राज्यका अंगहरुको आ–आफ्नो क्षेत्राधिकार हुने भन्दै सो कुरालाई मनन् गर्न आग्रह गरे । 

ज्ञापनपत्र बुझाउनका लागि अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतको प्रतिनिधि मण्डल सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro