अर्थ व्यवसाय
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।
अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८० १३:५४
प्रतिक्रिया दिनुहोस्