site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशबाट नयाँ मोबाइल ल्याउँदै हुनुहुन्छ ? लाखमाथिका मूल्यमा १० हजार कर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विदेशबाट मोबाइल ल्याउँदा त्यसमा लाग्ने भन्सार दर तोकेको छ । नयाँ व्यवस्थाअनुसार विदेशबाट ल्याइएका आइफोन र एक लाखभन्दा माथिका मोबाइल फोनमा रु १० हजार कर लाग्ने भएको छ । 

अन्य स्मार्टफोनमा रु तीन हजार र स्मार्टफोन बाहेकका अन्य मोबाइलमा रु दुई सय कर लाग्ने व्यवस्था सरकारले ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

२०८० साल जेठ १५ गतेसम्म प्रयोगमा रहेका तर नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमइस) प्रणालीमा दर्ता नभएका मोबाइल फोन सम्बन्धित प्रयोगकर्ताले फोनसेटको आइआएमइआई नम्बरसमेत उल्लेख गरी एकमुष्ट महसुलबापत यस्तो कर बुझाउनुपर्नेछ ।

“आइफोन र रु एक लाखभन्दा बढी मूल्यका लागि प्रतिसेट रू १० हजार, अन्य स्मार्टफोनका लागि रु तीन हजार र स्मार्ट मोबाइल फोनसेट बाहेकका अन्य साधारण मोबाइल फोनसेटका लागि प्रतिफोनसेट रु दुई सय कर लाग्नेछ,” आर्थिक विधेयक २०८० मा भनिएको छ । 

Global Ime bank

तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई छ महिनाभन्दा बढी अवधि विदेशमा बसेर फर्केका नागरिकले सोको प्रमाण पेस गरेमा त्यस्ता व्यक्तिले प्रयोग गरेमा एक थान मोबाइल फोन दूरसञ्चार प्राधिकरणले निःशुल्क दर्ता हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement