site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यधिक गर्मीले विराटनगरका विद्यालय दुई दिन बिदा

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा दिइएको छ ।

बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने देखिएको जनाउँदै विराटनगर महानगरपालिकाले विद्यालय दुई दिन बिदा दिने निर्णय गरेको हो ।

केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । महानगर कार्यपालिकाले निर्णय गरी विहीबार र शुक्रबार बिदा दिइएको हो ।

साउन महिनाको बर्खे बिदाबाट कट्टा हुनेगरी दुई दिन विद्यालय बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।

पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रहने महानगरले जनाएको छ । विराटनगरको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस माथि पुग्न थालेको छ ।

Bida Letter1685542911.jpg

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro