site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको सिक्री लुटपाट गर्ने एकजना काठमाडौंबाट पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१, देविटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलास्थित गेटवे मन्टेश्वरी स्कुल अगाडि पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको चार तोलाको सुनको सिक्री अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

सोही घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनलाई काठमाडौंको गोकणेश्वर नगरपालिका–५, जोरपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाडौं पठाइएको जनाइएको छ ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro