site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी
फाइल तस्बिर

काठमाडौं । सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेको छ ।  

बुधबार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताए ।

Dabur Nepal
NIC Asia

उनले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताए । समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरूले अध्ययन गर्नसक्ने उनको भनाइ छ ।

उनले भने, “१२१ वटा सबै फाइलहरू माननीय सदस्यहरूले पढ्नुस् । सबै माननीयहरूमा पुगोस् भन्ने मेरो चाहना थियो, त्यो पुगेको छ, यहाँहरूले त्यसलाई अध्ययन गर्नुस्, आवश्यकताअनुसार छलफलका लागि प्रस्ताव गर्नुस् । समितिले उजुरी गर्ने दुवै पक्षलाई राखेर सो बारेमा जानकारी लिन्छ । समितिले जुनसुकै बेला खोलेर छलफल गर्न सकिन्छ ।”

उनले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro