site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
समीक्षालाई प्रश्न– आफ्नै जीवनसँग मिल्दाजुल्दा गीत धेरै गाउन थाल्नु भएको हो ?

काठमाडौं । केहीदिन अघि गायिका समीक्षा अधिकारीले मलाई असाध्यै मन परेको गीत भन्दै एउटा गीतको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिन् । उक्त गीतको बोल थियो– आफ्नो आफ्नो दुःख । पशुपति शर्माको शब्द तथा संगीत रहेको उक्त गीतले हरेक व्यक्तिका आ–आफ्नै दुःख हुने गरेको प्रसंगलाई उठान गरेको थियो । 

हरेक व्यक्ति दुःखमा पर्ने गरे पनि अर्काको दुःखलाई भने नजरअन्दाज गर्ने गरेको सत्यलाई गीतले उजागर गरेको थियो । अर्काको दुःखमा साथ नदिने बरु उल्टै रमाउने यथार्थ विषयलाई गीतले समेटेको थियो । 

केही महिना अगाडि उनले गाएको गीत थियो– यस्तो नहोस् कसैलाई... । गीतको बोल थियो– हुने नहुने भयो –यहाँ आँखा नरुने भयो । गीतको निष्कर्ष हो– पीडित नै थप पीडित भयो । पीडकले उल्टै सहानुभूति पायो ।

Dabur Nepal
NIC Asia

त्यसयता उनले गाएका थुप्रै गीत समीक्षाकै जीवनसँग मिल्दोजुल्दो हुने गरेको धेरैले भन्ने गरेका छन् । तर, समीक्षा भने संयोग मात्रै भएको बताउँछिन् । 

पछिल्लो समय तपाईंकै जीवन भोगाइमा आधारित गीत धेरै गाउन थाल्नु भएको हो ? “त्यस्तो लागेको मात्रै हो । मैले यस्ता गीत पहिला पनि गाएको थिएँ । संयोग मात्रै हो भन्ने लाग्छ,” जवाफमा उनले भनिन् । 

गीत गाउनु आफ्नो पेसा भएको भन्दै समीक्षा बाह्रखरीसँग भन्छिन्, “मेरो काम गीत गाउने हो । जस्ता गीत आउँछन्, मैले त्यस्ता गीत गाउने हो । आफूलाई राम्रो लागेका गीत गाउँदै आएको छु ।” 

आफूले गाएका गीत आफ्नो जीवनसँग मिलेजस्तो अरूलाई लागे पनि त्यस्तो नभएको उनको तर्क छ । “धेरैको जीवनमा मिल्छ नि होइन र ?” समीक्षा प्रतिप्रश्न गर्छिन् । धेरै गीतको कथा धेरै मान्छेको जीवनसँग मिल्ने गरेको उनको तर्क छ । 

गीतकार राजेन्द्र थापाले भने यस्तो नहोस् कसैलाई... आफूले समीक्षालाई नै लेखेको बताएका थिए । राजेन्द्रले बाह्रखरीसँग भनेका थिए, “हो समीक्षाकै लागि लेखेको हो । उसैका लागि संगीत गराएको हो । म्युजिक नेपाललाई उसैका लागि रिक्वेस्ट गरेको हो ।” 

राजेन्द्र थापालाई प्रश्न– समीक्षा अधिकारीलाई हेरेर गीत लेख्नु भएको हो ? जवाफ– हो 

पछिल्लो समय समीक्षा पहिलाकै लयमा फर्किएकी छन् । दिनहुँ गायनमा व्यस्त हुन थालेकी छन् । उनका गीत दिनकै जसो युट्युबमा रिलिज हुन थालेका छन् । मेला–महोत्सवमा उनको उपस्थिति बाक्लिँदै गएको छ । 

तस्बिर : समीक्षा अधिकारीको फेसबुकबाट 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro