site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र थापालाई प्रश्न– समीक्षा अधिकारीलाई हेरेर गीत लेख्नु भएको हो ? जवाफ– हो 

काठमाडौं । शुक्रबार साँझ एउटा गीत रिलिज भयो । भिडियो सहितको गीतको बोल थियो– हुने नहुने भयो –यहाँ आँखा नरुने भयो । गीतको निष्कर्ष हो– पीडित नै थप पीडित भयो । पीडकले उल्टै सहानुभूति पायो । 

यस्तो छ गीतको शब्द–

हुने नहुने भयो –यहाँ आँखा नरुने भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको
यस्तै जलन यहाँको 
घाउमाथि घाउ 
यस्तै मलम यहाँको 
रात अधेरो हुँदैमा – यहाँ मानिस अन्धा किन
ओरालीको मृग लखेट्ने – यहाँ यस्तो धन्दा किन
गोली बिचरा भयो – यहाँ घाइते दोषी भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको
यस्तै जलन यहाँको 
घाउमाथि घाउ 
यस्तै मलम यहाँको 

मनले सह्यो भन्दैमा – यहाँ छाती अचानो किन
सुखका आफ्ना सबै – यहाँ दुख्दा बिरानो किन
भमरा बिचरा भयो – यहाँ फूल दोषी भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको
यस्तै जलन यहाँको 
घाउमाथि घाउ 
यस्तै मलम यहाँको

जो दाषी हो उसैलाई समाजले निदोर्ष करार गरिरहेको र जो पीडित हो उसैलाई समाजले लाल्छना लगाइरहेको गीतको केन्द्रीय मर्म हो ।  
भमरा  विचरा भयो – यहाँ फूल दोषी भयो
छुरा विचरा भयो – यहाँ घाउ दोषी भयो

सुखमा हाईहाई गर्ने समाज दुःखमा उल्टै दुस्मन हुने गरेको नेपाली समाजको प्रवृत्ति गीतले चित्रण गरेको छ । जति सह्यो थप पीडा दिने समाजको वास्तविक चरित्र गीतले बोलेको छ । 
मनले सह्यो भन्दैमा – यहाँ छाती अचानो किन
सुखका आफ्ना सबै – यहां दुख्दा बिरानो किन

बिम्ब र प्रतीकको भरपूर प्रयोग गरेर मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै यो गीत शब्द सिर्जना गरेका हुन्– गीतकार राजेन्द्र थापाले । नेपाली सेनाको उच्च ओहदामा रहेर लामो समय समाजको यर्थाथ पर्गेलेका उनी समाज बोल्ने गीत लेखिरहन्छन् । स्रोता/दर्शकलाई सुनाइरहन्छन् । देश दुनिया घुमेर/बुझेका कुरा गीतलाई माध्यम बनाएर भनिरन्छन् । 

यो गीत जसले गायो उसैका लागि अर्थात् समीक्षा अधिकारीलाई हेरेर लेख्नु भएको हो ? जवाफमा उनले भने– हो । “हो समीक्षाकै लागि लेखेको हो । उसैका लागि संगीत गराएको हो । म्युजिक नेपाललाई उसैका लागि रिक्वेस्ट गरेको हो,” गीतकार थापाले स्पष्ट पारे । 

गीतको शब्द जति मार्मिक छ, त्यसको प्रतिबिम्व रेकर्डिङमा पनि देखियो । शब्द र संगीतको ताकत कति हुन्छ स्पष्ट देखियो । “पहिला त खुरु खुरु रेकर्डिङ भयो । बिचमा अचानक रुवावासी भयो । फेरि सम्हालिन् फेरि रुवावासी,” थापाले गीत रेकर्डिङको पल सम्झिए । गीतको भिडियोमा समीक्षा रुएको सुनिन्छ । त्यो रेकर्डिङ गर्दा समीक्षा रुएको नेचुरल रुवाई भएको उनले सुनाए । 

केही समय अगाडि नावालिग गायिका कमला घिमिरेको गीतले गरेको व्यङ्ग्यले पनि समीक्षालाई असह्य बनाइरहेका बेला आफ्नै भोगाइको गीतले उनलाई थप उद्देलित बनाइरहेको समयमा गीत भिजुअल निर्माण भएको गीतकार थापाले जानकारी दिए । समीक्षाको आँखामा पीडा देखेपछि निर्माण टिम के गर्ने भन्ने असमानजस्य अवस्थामा पुगेका बेला समीक्षा सम्हालिँदै टिमलाई भरोसा दिँदै छायांकन सकेको थापा स्मरण गर्छन् । पुरुषोत्तम न्यौपानेले संगीत गरेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन राजिव लोहनीको छ भने भिजुअलमा समीक्षा स्वयं देखिएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro