site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँकेमा बसले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुईजनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखाको आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने  करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro