site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
'बजेटमा युवा उद्यमीका माग पूरा भए, अब कार्यान्वयन हुनुपर्छ'
Ghorahi CementGhorahi Cement

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटप्रति युवा उद्यमीहरूले भने सन्तुष्टि जनाएका छन् ।

बजेटमा नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप इकोसिस्टम विकास गरिने विषय समेटिएको छ । सरकारले स्टार्टअपलाई प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

युवा उद्यमी एवं नेपाली युवा उद्यमी मञ्च काठमाडौंका अध्यक्ष चिराग गोययले युवाको लागि राम्रो बजेट आएको बताएका छन् ।

Dabur nepal
Agni Group

यस वर्षलाई युवा उद्यमशीलता विकास वर्ष घोषणा गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सरकारको निर्णयले आफ्ना माग पूरा भएको उनको भनाइ छ ।

कृषि एवं पशुजन्य व्यवसायमा युवा जनशक्तिलाई आकर्षित उद्यमशीलता विकास गर्न स्थानीय तहसँगको सहकार्यमा युवा स्टार्टअप अनुदान कार्यक्रम सञ्चालन गरिने विषय पनि बजेटमा समेटिएको छ ।

यसका लागि एक अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । सरकारकाले बजेटमा समेटेका कुरा कार्यान्वयन हुने आशा युवा उद्यमी गोयलको भनाइ छ ।

उद्यमशील सोच र संस्कृतिको विकास एवं उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न काठमाडौंमा इन्क्युवेसन सेन्ट र सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

खासगरी युवा उद्यमशीलता प्रवर्द्धन वर्ष घोषणा गर्दै सहुलियतपूर्ण कर्जा दिने स्वागतपूर्ण निर्णय भएको उनको भनाइ छ ।

"बजेट वक्तव्य प्रस्तुत गर्दै युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा भएको छ, यो राम्रो विषय हो," उनले भने ।

सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउनु वैदेशिक लगानीका लागि राम्रो पक्ष भएको युवा उद्यमी गोयलको भनाइ छ ।

यस्तै अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने र १०० रुपैयाँ अधिकृत पुँजीमै कम्पनी खोल्न सकिने व्यवस्था पनि युवा उद्यमीका लागि राम्रो भएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu