site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कीर्तिमानी आरोही हरि बुढामगरलाई माओवादीले गर्‍यो सम्मान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमबीच बुढामगरलाई सम्मान गरिएको हो ।

बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको सफल आरोहण गरेका थिए । त्योसँगै उनले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरे । दुवै खुट्टाको घुँडासम्मको अंग गुमाएका उनले सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका हुन् ।

सम्मान कार्यक्रममा बुढामगरले अपांगता भएका व्यक्तिलाई राज्यले अवसर दिएर सक्षम नागरिक बनाउनुपर्ने बताए ।

उनलाई सम्मान गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले समाज परिवर्तन गर्ने बुढामगरको अभियानलाई माओवादीले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रोल्पाका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro