site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पक्राउ परेका पहिचानवादीलाई बिनासर्त रिहा गर्न माग, आमहड्तालको चेतावनी
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेश नाम खारेजी एवं पुनः नामकरण संयुक्त संघर्ष समितिले यही जेठ १४ गतेको प्रदर्शनअघि र त्यसपछि पक्राउ परेका सबै नेता–कार्यकर्तालाई रिहा गर्न माग गरेको छ ।

उक्त आन्दोलनका क्रममा प्रदेश राजधानी विराटनगर र अरू भागबाट पक्राउ परेका मध्ये २६ जना अझै प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भएसँगै बिनासर्त छाड्न संघर्ष समितिले माग गरेको हो ।

Dabur Nepal
NIC Asia

मंगलबार (आज)सम्म सबैलाई बिनासर्त नछाडिए भोलिदेखि प्रदेशव्यापी आमहड्तालको घोषणा गरिने संघर्ष समितिले चेतावनी दिएको छ ।

“२०८० जेठ १६ गते कार्यालय समयभित्रमा बिनासर्त रिहाइ नगरेमा २०८० जेठ १७ गते बिहानदेखि अनिश्चितकालीन प्रदेशव्यापी आमहड्ताल गर्न बाध्य हुने यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

गएको फागुन १७ गते प्रदेश नम्बर–१ को नाम कोसी पारित भएसँगै पहिचानको आधारमा नाम नआएको भन्दै त्यसको विरोधमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा गएको आइतबार विराटनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच प्रदेशसभा सचिवालयनजिकै देवकोटा चोक र आसपासमा झडप भएको थियो । त्यसक्रममा आन्दोलनकारी र सुरक्षाकर्मी घाइते समेत भएका थिए । आन्दोलनकारीतर्फ ११ जना गम्भीर घाइते भएको समितिले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro