site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हैदरावाद हाउसमा मोदीलाई भेट्छु, सीमा समस्यासहित हवाई मार्गबारे छलफल गर्छु : प्रचण्ड
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदाराबाद हाउसमा द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी दिँदै उनले मोदीसँग वार्ताको क्रममा दुईपक्षीय सम्बन्धको विविध पक्षमा छलफल गर्ने तयारी भएको जानकारी दिए ।

“व्यापार, पारवहन, लगानी प्रवर्द्धन, ऊर्जा क्षेत्रमा, व्यापार तथा अन्तरदेशीय विद्युत प्रशारण लाइन, सिँचाइ तथा डुबान नियन्त्रण कृषि, हवाई मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँच चौकी एवं आन्तरिक कन्टेनर डिपोजस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका विषयमा छलफल हुनेछ,” उनले भने ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री प्रचण्डले हवाई मार्गको सहजताका लागि विशेष पहल गरिने बताए । “सुदूपश्चिमका सीमावर्ती जिल्लाहरूलाई भारतसँग जोड्ने मोटरेबल र झोलुङ्गे पुल निर्माणको सम्बन्धमा समेत यो भ्रमणमा छलफल हुनेछ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नेपाल भारत जलविद्युत् भएकाले नेपालका नदीमा नेपालको हित सुनिश्चित हुने गरी भारतीय लगानी भित्राउने र ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाइन संरचना निर्माण गर्ने गरी संवाद हुने बताए ।

“जलविद्युत निर्यातका लागि आधार सुनिश्चित गर्ने प्राथामिकताको विषय हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारतको भूमि हुँदै बंगलादेशसम्म जलविद्युत निर्यातको विषमया समेत योपटक ठोस कुराकानी हुनेछ ।”

पञ्चेश्वर परियोजनालाई अघि बढाउने भन्दै उनले महकाली नदीको पानीको समान र साझा उपभोग हुने गरी परियोजनाको डीपीआर टुंगोमा पुर्याउने गरी छलफल हुने बताए । नयाँ पारवहन सन्धिलाई टुंगोमा पुर्याउने उनले बताए ।

उनले सीमा विवादको विषय प्राथामिकताको साथ छलफल हुने सदनलाई जानकारी दिए । “इतिहासदेखि नै थाती रहेका सीमा समस्यालगायतका कतिपय विषयहरू सम्बोधन गर्न ठोस विश्वासको वातावरण बनाउने गरी छलफल अघि बढाइनेछ,” उनले भने ।

नेपाल फर्कनुअघि मध्यप्रदेश उज्वेन र इन्दोरको समेत भ्रमण गर्ने कार्यक्रम रहेको उनले सदनलाई जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu