काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले अफ्ठ्यारो परिस्थितिमा आएको बजेट राम्रै आएको भन्दै कार्यान्वयनमा जोड दिएका छन् । संसद् भवनबाहिर निस्कने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले त्यस्तो बताएका हुन् ।
“अप्ठ्यारो परिस्थितिमा बजेट आएको छ । पोहोरको भन्दा बजेटको साइज घटेको छ । बजेटलाई कसरी लागु गर्ने ? अत्यन्त अफ्ठ्यारो परिस्थितिमा आएको बजेटलाई नराम्रो भन्न सकिन्नँ,” उनले भने ।
उनले संसद्लाई पूर्वाधार विकासमा पाँच करोड दिनु राम्रो भएको बताए ।
“सांसदलाई पाँच करोड दिएको छ । सबै पूर्वाधार खर्चमा गर्नुपर्छ, परेको छ । पाँच योजनामा गर्नुपर्छ भनेको छ । राम्रो हो,” उनले भने ।
अलपत्र परेको योजनामा त्यसलाई केन्द्रित गर्नुपर्ने उनले बताए । सरकारले आज १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको छ ।