site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद विकास कोष आवश्यकता थिएन, बजेटलाई नराम्रो भन्नुपर्ने देखिएन : प्रमुख सचेतक शाही
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेटलाई नराम्रो भन्न नहुने बताएका छन् । उनले बजेट त्यति नराम्रो नभएको र ठिकै बजेट आएको बताए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपश्चात् सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले  सांसद विकास कोष आवश्यकता नभएको बताए ।

“सांसद विकास कोष थोपरिदिएरमात्र उम्किन पाइँदैन । यसलाई अडिट गर्नुपर्ने प्रावधान राख्नुपर्छ । निर्वाचन क्षेत्र मैले मात्र विरोध गरेर हुने होइन । स्थानीय तह भएपछि आवश्यकता चाहिँ थिएन,” उनले भने ।

उनले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

“कार्यान्वयन गर्नमा ध्यान दिनुपर्छ । कृषिमा आयात रोक्नुपर्छ भन्ने थियो, त्यो हुन सकेन । हामी प्रतिपक्ष भए पनि यसका सबल पाटोहरु पनि छन्, कार्यान्वयनमा ध्यान दिनुपर्छ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro