अर्थ व्यवसाय

काठमाडौं । सरकारले गुट्का र सुर्ती प्याक गर्दा प्लास्टिक प्रयोग गर्न नपाइने नीति ल्याएको छ ।
संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८१ वैशाख १ गतेदेखि अनिवार्य रूपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने बताए ।
हाल गुट्खा र सुर्ती प्लास्टिकमा प्याक हुँदै आएको छ । संसद्मा मन्त्री महतले भने, ‘वातावरण प्रदूषणमा सहयोग पुर्याउने हेतुले गुट्खा तथा सुर्ती उद्योगको अन्तशुल्क लाग्ने वस्तु प्याकिङ गर्दा प्रयोग गर्ने प्लास्टिक जन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गतेदेखि अनिवार्य रुपमा जैविक रूपमा सडेर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने छ ।’
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:२८
प्रतिक्रिया दिनुहोस्