अर्थ व्यवसाय

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको प्रयोग बढाई सेवालाई पारदर्शी र प्रभावकारी बनाइने भएको छ।
उनले कागजरहित सरकारको अवधारणालाई मुर्तरुप दिन नेपाल सरकारका सबै संघीय, केन्द्रीय निकायमा क्रमश एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइने बताए ।
सोमबार बजेट भाषण गर्दै उनले सरकारी निकायका सबै भुक्तानी क्यूआरबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिने बताएका छन् ।
यस्तै उनले राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुपत्र दिने सेवा सहज बनाउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने बताएका छन् ।
यस्ता सेवा प्रवभाका लागि सञ्चालित विद्युतीय प्रणालीबीच अन्तरआवद्धता गरिने उनले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:०४
प्रतिक्रिया दिनुहोस्