प्रविधि

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च क्षमताको अप्टिकल फाइबर मार्फत इन्टरनेट ब्रोब्याण्ड सेवा सबै स्थानीय तहका केन्द्र, सार्वजनिक विद्यालय एवं क्याम्पस र स्वास्थ्य संस्थामा पुर्याइने बताएका छन् ।
सोमबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री महतले मुलुकभर द्रुत गतिको इन्टरनेट पुर्याउन फोरजी विस्तार गरिने बताएका छन् ।
यस्तै उनले डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जन गरी कार्यान्वयमा लगिने बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:४१
प्रतिक्रिया दिनुहोस्