अर्थ व्यवसाय

काठमाडौं । सरकारले आगामी वर्ष विभिन्न वस्तुमा नगद अनुदान दिन ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमार्फत हाल नगद अनुदान दिँदै आएको बस्तुलाई निरन्तरता दिन यस्तो बजेट विनियोजन गरिएको बताएका हुन् ।
अर्थमन्त्री प्रकाश शरण महतले सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै निर्यातमा दिइने नगद अनुदान तीन महिनामा भुक्तानी हुने व्यवस्था गरिएको मन्त्री महतले बताए । सरकारले हाल ३६ प्रकारका वस्तुमा नगद अनुदान दिँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:३७
प्रतिक्रिया दिनुहोस्