site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
एनसेल कन्सर्टमा झुम्यो विराटनगर
Ghorahi CementGhorahi Cement

61685328287.jpgकाठमाडौं । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ । कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए ।

सदावहार दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड देखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए । कलाकार केकी अधिकारीको नृत्यले कन्सर्टमा अझै रौनकता थपि दिएको थियो ।

101685328291.jpg

Dabur nepal
Agni Group

सांगीतिक कार्यक्रममा झुम्न पाएका हजारौं विराटनगरका दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो । दिउँसो केही गर्मी भए पनि दर्शकहरुले अस्मिता अधिकारी र सुनिल पण्डितका गीतहरुमा गाउदै नाचेका थिए ।  

द एलिमेन्ट्सको प्रस्तुतिले दर्शकहरुमा झनै उर्जा थपिदिएको थियो । द एलिमेन्ट्सले उर्जा, सपनाको मायालु, बिर्सिने हौ किलगायतका आफ्ना हिट गीतहरुका साथ दर्शकहरुलाई संगीतमा डुबाउँदै झुमायो । धोकेबाज हौ तिमी, क्या दामी भो, पिलायो साथीले जस्ता लोकप्रिय गीतका साथ कलाकार शिव परियारले विराटनगर बासीलाई नचाए ।

त्यस्तै लाउरेको नेपहपको बाटो, दुई रुपैयाँ, बिरामी जस्ता र्याप गीतले सांगितीक कार्यक्रम झनै तातिएको थियो । दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डको मन मगन, काली काली हिस्सी परेकी, मायाको डोरीलगायतका चर्चित गीतहरुको प्रस्तुति साथ शनिबार विराटनगर संगीतमय बन्यो । 
 81685328290.jpg
‘रमाऔ सधै सँगै’ भन्ने थिमका साथ आयोजना गरिएको यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहनुभएका सबैसँग फेसबुक लाईभमार्फत जोडिए खुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ । ग्राहक सुविधाकोलागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरु पनि रहेको थियो । 

यस अघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा आयोजना गरेको थियो । अर्थतन्त्र, पर्यटन व्यवसायलाई चांडोभन्दा चाँडो पुनरुत्थान, नव उत्थानमा लैजाने, आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने लगायतका उद्देश्य राखी पर्पल स्याटर्डे आयोजना गरिएको थियो ।

11685328280.jpg

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सन् २००४ मा स्थापित यस कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको छ । 

सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डो¥याइरहेको छ । 

41685328285.jpg

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी ( सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायतका विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । 

एनसेल, आजियाटा गु्रप बर्हादअन्तर्गतको एक कम्पनीको हो । आजियाटाको साथमा एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पु¥याउन प्रतिबद्ध छ । एनसेल ३ अगस्ट २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । एनसेलले १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu