site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
नेपाल एमेच्योर ओपन आजबाट सुरु हुँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल गल्फ संघले आयोजना गर्ने नेपाल एमेच्योर ओपनको नवौँ संस्करण आजबाट काठमाडौंको गोकर्ण गल्फ क्लबमा सुरु हुँदै छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुन लागेको यस प्रतियोगिता ७२ पारमा खेलाइनेछ । बुधबार सम्पन्न हुने प्रतियोगिता खेलाडीले तीनसम्म ५४ होलमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा बंगलादेश, भुटान, भारत, पाकिस्तान र नेपालका गल्फरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ४५ पुरुष र सात महिला गल्फरले प्रतिस्पर्धा गर्ने गल्फ संघका सदस्य दीपक आचार्यले बताए ।

Dabur nepal
Agni Group

पुरुषतर्फ ३६ होलको खेलपछि कट हुने छ । कटपछि शीर्ष ३० खेलाडीले अर्को चरणमा प्रतिस्पर्धा गर्ने छन् । महिलाको छुट्टै प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा पाकिस्तानका तीन, बंगलादेशका दुई, भुटानका चार, भारतका सात, नेपालबाट २९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा छुट्टै टिम इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ । टिम इभेन्टका लागि प्रत्येक देशले दुई खेलाडीलाई मनोनीत गर्नेछन् । सोमबार र मंगलबार ३६ होलमा बटुलेको अंक नै टिम इभेन्टमा निर्णायक बन्नेछ । टिम इभेन्टका लागि नेपालबाट सुवास तामाङ र सद्भाव आचार्य, भारतबाट सुरज जोशी र सुमित कोटवाल, पाकिस्तानबाट ओमार इजाज र उमैर सलीम, बंगलादेशबाट शोफिकल स्लाम र मोहम्मद सुमोन र भुटानबाट उगेन दोर्जी र कर्मा दोर्जी खोर्कोले प्रतिस्पर्धा गर्नेछन् । 

‘‘धेरै वर्ष अघिदेखी सहकार्य गरिरहेको छ । यसपटक पुनः हामी गल्फ पर्यटनको विकासका लागि प्रयास गरिरहेका छौँ,’’ गल्फ संघका अध्यक्ष टासी घलेले भने, ‘‘आज हामी गोकर्णमा प्रतियोगिता गरिरहेका छौँ । भविष्यमा हामी पोखरा र लामाङथाङमा पनि प्रतियोगिता गर्ने योजनामा छौँ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro