site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलिट क्यापिटलकोे सेयर बजारबारे निःशुल्क तालिम

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तीय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताका लागि निःशुल्क तालिम तथा परामर्श सुरु गरेको हो ।

यस्तो तालिम हरेक शुक्रबार एलिट क्यापिटलको कार्यालयमा हुने जानकारी दिइएको छ ।

सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरूले तालिम दिने जनाइएको छ । क्यापिटलले वित्तीय लगानी योजना, नेपालमा सेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरूलगायतका विषयमा परामर्श दिने छ ।

हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरूले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाइटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्ने छन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सीमित सिट भएका कारण पालो आउन भने समय लाग्ने बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro