site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जनालाई आममाफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएका छन् ।

मन्त्रिपरिषद्को आइतबारको निर्णयअनुसार राष्ट्रपति पौडेलले उनीहरूको कैद साजय माफी दिएका हुन् । 

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा रेशम चौधरीको भने नाम उल्लेख छैन । मन्त्रिपरिषद्को बैठकले रेशमपत्नीसमेत रहेकी भूमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीलाई बैठकमा सहभागी नगराएर रेशमसहितलाई आममाफी दिने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा टोपबहादुर बुढाको नाम मात्र उल्लेख छ ।

०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् । 

जेठ २ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । 

उच्च अदालतले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो । 

 

2 कैद सजाय माफी मिनाहा_विज्ञप्ति_ Final1685278287.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro